सोमवार, कार्तिक १० गते २०८३

२७ औं विश्व आदिवासी दिवस, नेपालमा पनि मनाइँदै

सोमवार , श्रावण २५, २०७८

काठमाडौं । आज २७ औं विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘कसैलाई पछाडि नछोडौँ: आदिवासी जनजाति र नयाँ समाजिक सहमतिको आह्वान’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातिय संघसंस्थाले कार्यक्रमहरु आयोजना गर्दैछन्। कोरोनाका कारण गत वर्षदेखि औपचारिक कार्यक्रम नगरी भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने गरिएको छ ।

महासंघका उपाध्यक्ष गोविन्द छत्यालकाअनुसार नेपाल आदिवासी जनजाति महासंघले भने 'पहिचानसहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पुर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नारा बनाइएको छ।  

हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ। सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार