बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तान युद्ध: एकै दिन तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा

सोमवार , श्रावण २५, २०७८

एजेन्सी । तालिबानले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएपछि शहर पसेका तालिबान लडाकुले आइतबार उत्तरी शहर कुन्दुजसहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गरेका हुन् ।

अहिलेसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार