बिहिवार, आश्विन १५ गते २०८३

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन आइतबार १ हजार ९ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत्र २१ गते सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार आठसय कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार आठसय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार