काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत्र २१ गते सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार आठसय ३० कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार आठसय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।