काठमाडौं । आज सेयर बजार ९.६६ अंकले बढेको छ । अघिल्लो दिन ३.४४ अंक घटेको बजार आज भने ९.६६ अंकले बढेको हो ।
सो वृद्धिपछि नेप्से परिसूचक २६७६.२८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको कारोबार भएको छ । कुल १५४ कम्पनीको मूल्य बढ्दा ९० को घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । आज बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेका छन् ।
विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशतले बढेका छन् । नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ । हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य अब केही दिन लगातार १० प्रतिशतले बढ्ने छ । त्यस्तै विन नेपाल लघुवित्तको ७.९९, बोटलर्स नेपाल बालाजुको ५.१६, सोल्टी होटलको ३.९२, ङादी ग्रुप पावरको मूल्य ३.३६ प्रतिशतले बढेको छ ।
सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् लगातार अगाडि रहेका छन् ।