बिहिवार, आश्विन १५ गते २०८३

बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयल लागिरहेको छ : श्यामप्रसाद भण्डारी

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयल लागिरहेको बताएका छन् ।

उनले धेरै मन्त्रालयहरूले सिलिङ नपुगेको बताउने गरेको बताउँदै खर्चको स्थिति कमजोर भएपनि बजेट डिमाण्ड उच्च रहेको बताएका छन् । उनले भने, ‘अहिले खर्चको स्थिति हेर्ने हो भने ५० प्रतिशतको हाराहारीमा रहेको छ । बजेटको डिमाण्ड जहिले पनि उच्च छ । लक्ष्य महत्वाकांक्षी राख्ने, खर्चको सीमा पनि त्यही अनुसारको राख्ने हुँदो रहेछ ।’

उनले रकमान्तर गर्नका लागि पनि पहिल्यै ठूलो बजेट माग गर्ने प्रवृत्ति रहेको बताएका छन् । बजेटमा तयारी नपुगेका योजनाहरू राख्दा समेत समस्या भइरहेको उनको भनाइ छ । सहसचिव भण्डारीले संसदीय समितिमा समेत अर्थमन्त्रीका कारण प्रि बजेट छलफल हुन नसकेको बताएका छन् । उनले ग्रे लिस्टमा पर्नुको जिम्मेवारी सरकारले नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले भने, ‘ग्रेलिस्टमा पर्नु सरकारको कारणले होइन भनेर अर्थमन्त्रीले भन्नुभयो । यो भन्दा अघिको सरकारमा को थियो ? नेकपा एमाले होइन । सबभन्दा बढी मन्त्रालयको नेतृत्व गरेर एमाले सरकारमा बसेको होइन । त्यसको जवाफदेही एमाले हुनु पर्दैन ।’ अन्य सदस्यहरूले आगामी वर्षको बजेटलाई कार्यान्वयनमुखी बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार