बिहिवार, आश्विन १५ गते २०८३

साताको अन्तिम कारोबार दिन ५.५७ अंकले घट्यो नेप्से

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.५७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६७०.७० अंकमा झरेको छ ।

दिउँसो कारोबारका क्रममा बजार २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशतले घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको कारोबार भएको छ । कुल ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।

अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रहेको छ । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशतले घटेका छन् । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशतले बढेका छन् । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसा पुगेको छ भने क्रेस्टको प्रतिकित्ता ३३२ रुपैयाँ ७० पैसा पुगेको  छ ।

त्यस्तै सिन्धु विकास बैंकको ७.९८, विन नेपाल लघुवित्तको ७.२८ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ४.३७ प्रतिशतले घटेको छ । हिमालयन पावर पार्टनरको २.७२ प्रतिशत तथा शुभम् पावरको २.४५ प्रतिशतले घटेको छ । राधि विद्युत्, एनआरएन इन्फ्रस्ट्राक्चर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस् र ङादी ग्रुप धेरै कारोबार भएका कम्पनीमा लगातार अगाडि रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार