काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।
शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो कारोबार दिन आज १ हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मू्ल्य वृद्धि भएको छ । शुक्रबार १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९६० रुपैयाँ पुगेको छ ।