बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड, तोलाको कति ?

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। 

गत वर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थियो। नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार