शुक्रवार, कार्तिक ७ गते २०८३

बीपी प्रतिष्ठानमा अनियमतिता भएको सार्वजनिक भएपछि अख्तियारको छापा

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ । प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो ।

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात लिएको हो । अख्तियारको इटहरीस्थित कार्यालयले समन्वय गरिरहेको छ । प्रतिष्ठानमा खरिद अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसीएच भवन, फार्मेसी भवन निर्माणमा करोडौंको चलखेल भएको सार्वजनिक भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार