बिहिवार, आश्विन १५ गते २०८३

गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवा सहमत

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टलाई १८औँ गभर्नर बनाउन सहमत भएका हुन् ।

भट्टको नाम गर्भनरमा आएपछि बिचौलिया र स्वार्थसमूहले गर्भनरका लागि गरिरहेको चलखेल पनि बन्द भएको छ । भट्टले गर्भनर बन्नका लागि बुधबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफलपछि उनको नाममा कांग्रेस सभापति देउवा पनि सहमत भएका हुन् ।  अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले भट्टसहित अन्य तीन जनाको नाम मन्त्रिपरिषदेमा पेस गरेको थियो । तर अन्ततः प्रधानमन्त्री ओली र सभापति देउवा भट्टको नाममा सहमति पछि गभर्नर नियुक्तिको औपचारिक बाटो खुलेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार