बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ९० हजार ६ सय

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं ।  आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अघिल्लो दिन तोलामा २ हजार सात सय बढेको सुन बिहीबार एकै दिन ३ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको छ । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ५५ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार