बिहिवार, आश्विन १५ गते २०८३

कर्णाली प्रदेश अस्पतालबाट भीमा गुरुङको परिवारले १५ लाख क्षतिपूर्ति पाउने

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । एक वर्षअघि कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी भीमा (रिजुका) गुरुङ बलामीको परिवारले १५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएको छ । सुर्खेत जिल्ला अदालतले बुधबार उक्त फैसला सुनाएको थियो ।

उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुगेकी दैलेख आठबीस नगरपालिका-५, पिपलकोटकी भीमाको उपचारका क्रममा २०८० चैत २९ गते मृत्यु भएको थियो । त्यसपछि पीडित परिवारले डाक्टरको लापरबाहीले मृत्यु भएको भनी २०८१ वैशाख १७ गते प्रदेश अस्पताल, तत्कालीन निर्देशक डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गराएका थियो ।

त्यसको एक वर्षपछि बुधबार अदालतले मृतकका पति र छोरीलाई प्रतिवादीबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । पीडितको पक्षबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र रावत र विद्याभूषण मानन्धरले बहस गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार