बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड, तोलाको कति ?

सोमवार , बैशाख ८, २०८२

काठमाडौं ।  आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अघिल्लो दिन आइतबार स्थिर रहेको सुन सोमबार १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको छ । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो । सोही प्रभाव नेपाली बजारमा परिरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने केही दिनयता स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार