बिहिवार, आश्विन १५ गते २०८३

दुर्गा प्रसाईँका दुवै अस्पतालका खाता सर्वोच्चले गरिदियो फुकुवा

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ । दुर्गा प्रसाईँले सञ्चालन गरेका बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलका रोक्का राखिएका खाता सर्वोच्च अदालतले फुकुवा गरिदिएको छ।

सोमबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अस्पतालकी अप्रेसन डाइरेक्टर डा रञ्जिता कार्कीले दायर गरेका २ वटा रिटमा अन्तरिम आदेश जारी गरिदिएको हो। 

डा कार्कीले बी एन्ड सी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका तर्फबाट छुट्टाछुट्टै निवेदन दिएकी थिइन्।  दुवै निवेदनमा उनीहरूको मागअनुसार नै सर्वोच्चले सरकारलाई खाता रोक्का राख्नुको कारण खोली लिखित जवाफ पेस गर्न देश जारी गरेको हो।

यसअघि दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी सम्पत्तिमा व्यापक आगजनी र तोडफोड भएको थियो। २ जनाको ज्यानै गएको थियो। 

उक्त घटनापछि प्रसाईं फरार भएका थिए। उनी फरार भएपछि प्रसाईं र उनले सञ्चालन गरेका अस्पतालको पनि खाता रोक्का राखिएको थियो। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार