बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य, तोलाकै २ लाख नजिक

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ ।

छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार