बिहिवार, आश्विन १५ गते २०८३

७ हजार ५ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

बुधवार , बैशाख १०, २०८२

काठमाडौँ । हिजो २ लाखको हाराहारीमा पुगेको सुनको भाउ आज भारी मात्रामा घटेको छ । हिजोको तुलनामा बुधबार सुनको भाउ तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ ६ हजार ९ सयले बढेर नयाँ रेकर्ड राखेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार