काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आइतबार १९ सय ९० रुपैयाँ कायम भएको चाँदी आज १९ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।