बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको  मूल्य स्थिर रहेको छ । सोमबार १९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार