बिहिवार, आश्विन १५ गते २०८३

४ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज घटेर छापावाल सुन तोलामा १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९ सय ६५ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार