काठमाडौँ । गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । आइतबार उनले समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर बन्ने चर्चासँगै पौडेलले राजीनामा दिनुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास पेचिलो बनेपछि काग्रेसले पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले यदि भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेका छन् ।