काठमाडौं । विगत चार दिनसम्म लगातार घटेको सुनको मूल्य आज तोलामा सातसय रुपैयाँले बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा सातसय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) छापावाल सुनको मूल्य १ लाख ८७ हजार आठसय रुपैयाँ कायम भएको थियो । आज बढेर छापावाल सुन तोलामा १ लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । बैशाख ९ गते सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेर एक लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । यो मूल्य आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ९ सय ९५ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।