सोमवार, कार्तिक १० गते २०८३

काबुलमा समेत तालिबान लडाकु छिरिसके, सरकार बल्ल नेपालीको अध्ययन गर्न संयन्त्र बनाउँछ

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । अफगानिस्तानमा कति नेपाली नागरिक छन् भन्ने तथ्याङ्क नभएको नेपालले बल्ल नेपालीहरुबाले अध्ययन गर्न संयन्त्र बनाएको छ । आइतबार बिहान मात्र मुख्यसचिवको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र बनाएको हो ।

जसमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यकका मन्त्रालयका प्रतिनिधि रहनेछन् । यो संयन्त्रले अनौपचारिक क्षेत्रमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्ने छ । औपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुको उद्धारका लागि भने नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि कुराकानी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उता तालिबान लडाकु भने अफगानको राजधानी काबुल प्रवेस गरेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । अन्य देशले भने आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । 
हालसम्म अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै नभएको सरकारले बताएको छ ।

औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई भने अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार