काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको आज (बिहीबार) बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई आजदेखि नै लागु हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि उनी बैंक कै कामु सीइओ थिए । ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । २०७७ जेठमा नायव महाप्रबन्धकको रुपमा ज्ञवाली नबिल बैंक प्रवेश गरेका थिए । त्यसपछि उनी महाप्रबन्धक, डेपुटी सीइओ, सिनियर डेपुटी सीइओ, कामु सीइओ हुँदै अहिले सीइओ बनेका हुन् ।
बैंकले कानून विभागका प्रमुख रहेका भिष्म नेउपानेलाई बैंकको कम्पनी सचिव नियुक्त गरेको छ ।