अकाठमाडौं । फगानिस्तानको काबुलस्थित विमानस्थलमा सोमबार अमेरिकी सेनाले गोली चलाएको जनाइएको छ । डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ ।
साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुन: सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।
तालिबानले पुन : अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन ठुलो संख्यामा विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् ।