बिहिवार, आश्विन १५ गते २०८३

काबुल विमानस्थलमा गोली चल्दा ३ जनाले ज्यान गुमाए, कसले चलायो गोली ?

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा गोली लागेर ३ जनाको मृत्यु भएको छ ।  तर कसले चलाएको गोली लागेर उनिहरुको मृत्यु भएको हो भन्ने खुलाइएको छैन । समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

यसअघि सोमबार विहान विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । तालिबानले काबुल कब्जा गरेसंगै अफगानिस्तान छोड्हरुको विमानस्थलमा भिड लागेको छ । तर सबै व्यावसायिक उडान भने रद्ध गरी सैन्य उडान मात्र सञ्चालन गरिएको छ । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार