बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौंमा व्यवसायीहरूले सुन विलासिता होइन भन्दै गरे प्रदर्शन

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । काठमाडौंमा व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै प्रदर्शन गरेका छन् ।

सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् । अहिले सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति–नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार