काठमाडौं । गैर कानुनी रुपमा उज्बेकिस्तान प्रवेश गर्न लागेको अफगानी सैनिक विमानलाई उज्बेकिस्तानको रक्षा मन्त्रालसयले सिमा क्षेत्रमा खसाीदिएको छ । उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको बीबीसीले जनाएको छ ।
मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो । उक्त विमानमा कति जना सवार थिए र त्यसमा सवार कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएको छैन ।
बीबीसीका अनुसार अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन् ।
तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए । आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन् ।