बुधवार, आश्विन १४ गते २०८३

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ६ जना घाइते

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौँ । धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको विदेह नगरपालिका-२ स्थित नेपाल-भारत सीमामा तस्करीको सामान भित्र्याएको सूचनाका आधारमा जाँच गर्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि समूहले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार घाइते भएका प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी आएको उनले बताए । 

घटना बिहीबार साँझ ७ बजेतिर भएको हो । सशस्त्र प्रहरीको टोली पुगेलगत्तै तस्करहरूको समूहले ढुंगामुढा प्रहार गरेको थियो । झडपका क्रममा तस्कर समूहका कोही घाइते भएको र कुनै सामान बरामद भएको विवरण नआएको उनले बताए । 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार