काठमाडौं । नेपाल वायु सेवा निगमको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।