सोमवार, कार्तिक १० गते २०८३

जुवातास र वन्यजन्तुको अवैध कारोबारमा संलग्न ४ चीनियाँ पक्राउ

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं । वन्यजन्तुको अवैध कारोबार तथा जुवातासमा संलग्न ४ चिनियाँ पक्राउ परेका छन् । दुर्लभ बन्यजन्तुको अखेटोपहरको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चीनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

बाघको छाला, दाँत, कस्तुरीको बिना, गाईको छाला, बुद्वचित्त, रुद्राक्ष सहित प्रहरीले काठमाडौं–१७ ज्याठा क्वाबहालबाट उनिहरुलाई पक्राउ परेको हो। चीनियाँ नागरिकले संचालन गरेको होटलमा जुवातास खेलाइरहेको अवस्थामा उक्त गिरोहलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट आठ लाख ८९ हजार एक सय ५५ नेपाली रुपैयाँ, जुवातास खेल्न प्रयोग गरेका विद्युतिय टेबल दुई थान, जुवातास खेल्न प्रयोग हुने र महाजोङ खेल्ने प्लाष्टिकको गोटी चार सय १० थान, बिभिन्न कम्पनीका मोबाइल सात थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै बाघको छाला एक थान, गाईको छाला एक थान, कस्तुरीको बिना २० थान, बुद्वचित्त नौ सय थान, करिब २० किलोग्राम रुद्राक्ष, बिभिन्न चीनियाँ बैंकका ३५ थान कार्ड, भौचर पाना लेखिएका २५० थान, भौचर पाना नलेखिएका ६८ थान, बाघको दाँत दुई थान,  फलामको धारिलो खुकुरी दुई थान र तरबार एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त गिरोहलाई पक्राउ गरेको हो ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार