अमेरिकका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय हुन सक्ने चेतावनी दिएका छन्।ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बताए।
उनले यसलाई अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान भएको बताएका छन्। बाइडेनले अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने बताएका छन्।
उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए। उनले भनेका छन्, ‘कुनै पनि गल्ती नगर्नु होला, यो उद्धार अभियान निकै खतरनाक छ। यो अभियानमा हाम्रा सुरक्षाकर्मी जोखिममा छन्।
निकै कठिन अवस्थामा उद्धार अभियान जारी छ। उद्धार प्रक्रिया सम्पन्न हुने बेलासम्म के हुन्छ भन्ने अहिले नै बताउन नसक्ने उल्लेख गरेका बाइडेनले मानवीय क्षतिको जोखिम अस्वीकार गर्न नसकिने बताएका हुन्।
तालिबानले अमेरिकाको पासपोर्ट भएकाहरुलाई विमानस्थल प्रवेशमा रोक नलगाएको बताउँदै बाइडेनले अहिलेलाई थप सैनिक पठाउनु पर्ने अवस्था नरहेको बताए।