बिहिवार, आश्विन १५ गते २०८३

महामारीमा अनियमितता पुर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइयो

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं। इन्डोनेसियाका एक पुर्वमन्त्रीलाई १२ वर्षको जेल सजाए सुनाइएको छ।

पूर्वमन्त्री जुलिआरी बटुबारालाई जाकार्ता अदालतले कोरोना भाइरस महामारीका बेला गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय सुनाएको हो। उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ।

अनियमितताको आशंका र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो।  अदालतले पनि उनी दोषी रहेको पर्याप्त प्रमाण र आधारहरू रहेको जनाएको छ।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन्। यसअघि अर्का मन्त्रीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार