सोमवार, कार्तिक १० गते २०८३

म्याग्दीमा बाढीले घर बगाउँदा दुईको मृत्यु

बुधवार , आषाढ २३, २०७८

काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ । 

मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा आएको ठूलो बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो ।

उनिहरु दबैको शब फेला परेको मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिए ।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापन गर्न लागी परेको जानकारी दिए ।
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार