बिहिवार, आश्विन १५ गते २०८३

असममा अज्ञात समूहले सात ट्रकमा आगजनी गर्दा पाँच चालक जिउँदै जले

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । भारतको असम राज्यमा अज्ञात समहुले सात ट्रकमा आगजनी गर्दा ५ चालकको मृत्यु भएको छ। घटना गुवाहटीबाट २०० किलोमिटर टाढा भएको थियो। असमको दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेका हुन्।

यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो। घटना किन र कसले घटायो भन्ने खुलाइएको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार