काठमाडौँ। प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवरा सहित विपक्षी रहेको रिटमा विषयवस्तुमै प्रवेश नगरी स्थगित भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटमा विषबस्तुमै प्रवेश नगरी इजलास उठेको हो।
प्रधानन्यायाधीश समेत विपक्षी रहेको यो रिटमा सुनुवाइका लागि प्रधानन्यायाधिसकै संयोजकत्वमा संवैधानिक इजलास गठन भएको थियो। तर प्रधानन्यायाधीश आफै विपक्षी रहेको रिटको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा उनी रहने कि नरहने भन्ने विषयमा छलफल गरेर निर्णय लिने भन्दै इजलास उठेको हो। संविधानले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिलाई अनिवार्य भनेको छ।