बुधवार, आश्विन १४ गते २०८३

ओलीले अध्यादेशमार्फत ल्याएको बजेट सच्याउँदै देउवा सरकार

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। सत्ता गठबन्धन दलहरुको बैठकले अध्यादेशमार्फत ल्याएको बजेट सच्याउन प्रधानमन्त्री शेर बहादुर देउलाई सुझाव दिएको छ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८/०७९ को बजेट सच्याउन  सुझाव दिएको र सुझावमा प्रधानमन्त्री देउवा सकारात्मक भएको जनाइएको छ। 

गठबन्धनका नेताहरुले आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सुझाव दिएका हुन् । त्यस्तै बैठकमा मन्त्रिमण्डललाई चाँडो पूर्णता दिनेबारे पनि छलफल भएको जनाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार