सोमवार, कार्तिक १० गते २०८३

रुपा सुनारको रिटमा सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसंग लिखित जवाफ माग

बुधवार , आषाढ २३, २०७८

काठमाडौं । सर्वोच्च अदालतले रुपा सुनारको रिटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ मागेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले जातीय विभेदसँग सम्बन्धित घटनामा उनलाई जवाफका लागि १५ दिनको समय दिएको हो ।

रिटमा अन्तरिम आदेश जारी हुने नहुने विषयमा दुबै पक्षलाई छलफलका लागि असार २९ गते बोलाएको छ ।

जातीय विभेदको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेका श्रेष्ठविरुद्ध रुपा सुनारले मुद्दा हालेकी थिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार