बिहिवार, आश्विन १५ गते २०८३

कांग्रेसले निर्वाचनका लागि केही समयभित्रै आफ्नो घोषणापत्र सार्वजनिक गर्ने

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि केही समयभित्रै आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता देवराज चालिसेले सो कुरा जानकारी दिएका छन् । चालिसेले भने, ‘केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ, घोषणपत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश हुनेछन् ।’

उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेता कार्यकर्ता पनि पार्टी गतिविधिमा फर्किएको समेत बताएका छन् । प्रवक्ता चालिसेले भने, ‘विशेष महाधिवेशनमा सहभागी नहुनेहरूसमेत पार्टी गतिविधिमा जोडिन थालेका छन्, अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।’

उनले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको पनि जानकारी दिएका छन् । उनले भने, ‘धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ ।’ प्रवक्ता चालिसेले आन्तरिक सुशासनका लागि निर्वाचन आचारसंहिता बनाएको जानकारी दिएका छन् ।

उनले पार्टी एकता मजबुत बनाउन सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा स्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार