बिहिवार, आश्विन १५ गते २०८३

राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

बुधवार , माघ १४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन् ।

सो अवसरमा निर्वाचन आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार