काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी माधव कुमार नेपाल प्रति आफ्नो आक्रोस पोखेका छन्। मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । स्थानीय तहमा पनि टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’
उनले एमालेसंग लड्न कांग्रेसले समेत हिम्मत नगरेको बेला माधव नेपाल तम्सिएको भन्दै उनलाई प्युसोको संज्ञा दिए। हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको समते उनले उनले आरोप लगाए।