बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । 

शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । दुलालका पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

बैठकले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरिने कांग्रेस स्रोतले जनाएको छ । यद्यपि बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार