सोमवार, कार्तिक १० गते २०८३

एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

बुधवार , भाद्र २३, २०७८

काठमाडौं। नेकपा एमालेका सांसदहरुले संसद बैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागी स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई बैठकमा राखेको भन्दै प्रतिनिधि सभाको बैठक अघि नबढाउन भन्दै नाराबाजी गरेका छन्। 

संसदमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नै लाग्दा  प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख सापकोटाले एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए। एमाले सचेतक भट्टराईले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका सांसदहरुलाई कारबाही नगरिएको र पार्टी फुटाउन सहयोग गरेको भन्दै बैठक चल्न नदिने बताए थिए। त्यस लगत्तै एमालेका सांसदहरुले रोस्टम अगाडि गएर नाराबाजी सुरु गरेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार