बुधवार, आश्विन १४ गते २०८३

महालेखाले तीन दिनका लागि किन रोक्यो बजेट निकासा ?

बिहिवार , भाद्र २४, २०७८

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले ३ दिनका लागी बजेट निकासा रोकेको छ। बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो। सरकारले बजेट अध्यादेशलाई परिवर्तन गरी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको र अध्यादेशबाट ल्याइएको बजेटमा आएका केही कार्यक्रमहरू विधेयकले परिवर्तन गरेको छ।

यसरी परिवर्तन भएका कार्यक्रम बजेट पास भएपछि कार्यान्वयनमा जान नसक्ने र यो समयमा निकासा भएको बजेट खर्च नहुने अवस्था सिर्जना हुने भएकोले  तत्कालका लागि अनिवार्य दायित्वबाहेकका सबै निकासा रोकिएको कार्यालयले जनाएको छ। यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार