बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्रीलाई गाली गरेको अभियोगमा युट्युबर पक्राउ

आइतवार , चैत्र २९, २०८२

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् । हादेस नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन् ।


रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले रोशनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् ।

उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानमन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् । उक्त भिडिओ अझै उनको च्यानलमा रहेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार