काठमाडौं । पदबाट आजै राजीनामा दिने हल्लाका बिच गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।
विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।
यसअघि सोमबार पनि उनले पार्टी सभापति लामिछानेलाई बुढानिलकण्ठमै पुगेर भेटेका थिए । गुरुङकै विषयमा पार्टी सभापति लामिछाने र प्रधानमन्त्री बालेनबिच पनि हिजो छलफल भएको थियो । विवादमा तानिएपछि गुरुङले राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ ।
गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए । उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ ।
गुरुङ चैत १३ गते गृहमन्त्री बनेका हुन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।