काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता महेश बस्नेतले परिचालित मान्छे सत्तामा पुगेपछि बोल्न छोडेको बताएका छन् । तर उनले ब्यंग्यात्मक तरिकाबाट कसलाई यसो भनेका हुन् भन्ने खुलाएका छैनन् ।
बुधबार कविताको शैलीमा फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले भनेका छन्, परिचालित मान्छे सत्तामा पुगेपछि बोल्न छाड्छ मालिकको डरले । स्वचालित मान्छे सत्तामा हुादा या नहुँदा सबै बोल्छ सत्यको भरले ।