बुधवार, आश्विन १४ गते २०८३

ज्ञानेन्द्र शाह पोखरामा

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका छन् । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् । लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।

ज्ञानेन्द्र शाह पोखरामा २ हप्तादेखि १ महिनासम्म बस्ने योजनाका साथ आएको सुरक्षा स्रोतले जनाएको छ । पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार