काठमाडौ । सुकुम्बासी मोर्चाका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्न जाने भएका छन् । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय चःमतितर्फ हिँड्न लागेको एक नेताले बताए । वस्तीका मानिसहरूसहित जान लागेका छौं,’ एक नेताले भने।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ । त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।