बुधवार, आश्विन १४ गते २०८३

उज्यालो भएसँगै सर्न थाले सुकुमवासी

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको छ ।

सरकारले अल्टिमेटम दिएपछि उनीहरु आफैं बस्ती खाली गर्न थालेका छन् । उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् ।

सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरु आफैं बस्ती खाली गरिरहेका छन् । मिरमिरेमै उनीहरुले टहराबाट सामान निकालेर हिँडेका छन् ।

जबर्जस्ती बस्ती हटाउन लागिएको भन्दै विरोध पनि भएको छ । तर, प्रधानमन्त्री बालेन शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार